गुल्मीको रिडी–तम्घास सडकखण्ड अन्तर्गत पानीट्यांकी ठूलोढुंगामा वैशाख १५ गतेदेखि निश्चित समय तोकेर गाडी चलाइने भएको छ।
उक्त स्थानमा बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म, दिउँसो ३ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म र राती १०ः०० बजेदेखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तम्घास, गुल्मीले जनाएको छ।
पहरो फोडेर सडक चौडा गर्नका लागि मुख्य सडक खण्डमा सवारीसाधन आवत–जावतले कठिनाइ भएकोले वैशाख ३१ गतेसम्म उक्त समयमा गाडी आवागमन बन्द गरिएको हो।