ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण त्यस वरपरका घरहरू भासिएका छन्।
शनिबार राती २ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन्।
जमिन भासिँदा बन्दै गरेको एउटा पाँचतले भवनको एकतला भासिएको छ।
घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो। निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन्।
घटनामा कुनैपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, ललितपुरका एसएसपी सिद्धिविक्रम शाह, सांसद उदयशम्शेर राणा लगायतले सो स्थानको अवलोकन गरेका थिए।
अहिले प्राविधिकहरूको टोलीले घटनाबारे अनुगमन गरिरहेको छ।
तस्बिरहरू:









