नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती जडान गर्न सहमति लिनुपर्ने बताएको छ।
आफूखुसी सडक बत्ती जडान नगर्न प्राधिकरणले आग्रह गरेको हो।
साथै प्राधिकरणले सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि मिटर जडान गर्न पनि आग्रह गरेको छ।
सडक बत्तीको बक्यौता धेरै रहेको भन्दै प्राधिकरणले तत्काल भुक्तानी गर्नसमेत भनेको छ।
‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको छ,’ प्राधिकरणले एक सूचना निकालेर भनेको छ, ‘सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गर्नुहोला।’
प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।