पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि दुर्घटनामा परेको हो।
दुर्घटनामा परेको नाइन एएनसी कल साइन उक्त जहाजमा आगो लागेको छ।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।
जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।