चितवनमा १३७ थान खोटा मुद्रासहित महिला पक्राउ परेकी छन्।
कालिका नगरपालिका-१ बस्ने ४२ वर्षीया गंगा तामाङलाई आफ्नो डेरामा लुकाई छिपाई राखेको एक हजार रुपैयाँका १३७ थान खोटा मुद्रा (जाली नोट) सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डिएसपी नरहरि अधिकारीले बताए।
डेरामा सञ्चय गरी जानी-जानी चलन चल्ती गर्नका लागि लुकाइराखेको नोटसहित ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको अधिकारीले बताए।
उनलाई चितवन जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो।