काठमाडौंको गोठाटारमा गोली चलेको छ।
सोमबार साँझ गोलीले लागेर एक जना घाइते समेत भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन।
कसले गोली चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ।