पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयको सटरमा पोखरा महानगरले बिहीबार डोजर चलाएको छ।
यी दुई भवनमा २७ वटा सटर थिए।
पोखरा महानगरले यी सटर भाडामा दिन दिएको सम्झौता ३ वर्षअघि नै सकिएको थियो।
भाडा सम्झौता सकिएपछि पनि सटरका व्यवसायीले सटर नछाडेको र भाडा पनि नतिरेको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए।
सटरमा डोजर लगाउन पोखरा महानगरका मेयर धनराज आचार्य २ वटा डोजर लिएर पुगेका थिए। उक्त स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय र पार्क बनाउने महानगरको योजना रहेको मेयर आचार्यले जानकारी दिए।
डोजर चलाउनुअघि सटर छाड्न सार्वजनिक सूचना दिएको र पटक पटक व्यवसायीलाई सटर छाड्न आग्रह गरेको उनले बताए।