दार्चुलामा बुधबार एउटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
घुम्तीमा दुर्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। दुर्घटनामा एक महिला र चार पुरूषको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
घाइतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक पनि घाइते छन्।
‘घुम्तीमा केही समस्या भएर दुर्घटना भएको भन्ने छ। अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका छन्,’ प्रजिअ अधिकारीले भने।