सिरहामा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
कोईरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको थियो। खबरपछि ईलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।