इटहरीको सहरी क्षेत्रमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ।
आज बिहान करिब ५ बजे स्थानीयले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
चितुवालाई वन कार्यालयका कर्मचारी बोलाएर नियन्त्रणमा लिइएको हो।
चितुवालाई सुनसरीस्थित डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ। यो दुई वर्ष उमेरको भाले चितुवा भएको बताइएको छ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा देखिएको चितुवा सात घन्टापछि नियन्त्रणमा लिइएको हो।