नुवाकोटमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ।
प्रहरीले बिदुर नगरपालिका-११ बस्ने २९ वर्षीय सुकुकुमार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।
उनलाई प्रहरीले बिहीबार पक्राउ गरी बलात्कारको मुद्दामा थप अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार उनले जेठ १७ गते दिउँसो साढे १ बजे बिदुर-४की २३ वर्षीया महिलालाई डेरामा बोलाएका थिए।
डेरामा बोलाएर बलात्कार गरेको खबर पछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै नुवाकोटकै शिवपुरी गाउँपालिका-१स्थित २० वर्षीय सुमिन खत्रीले एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।
बाटोमा हिँडिरहेकी २२ वर्षीया युवतीलाई समाएर बलात्कार प्रयास गरेको खबरपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।