प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
सर्लाही लालबन्दी नगरपालिका-१५ का २० वर्षीय सुरेन्द्र थिङ र ४० वर्षीय वीरबहादुर बम्जनलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।
उनका अनुसार बिहीबार दिउँसो उनीहरूलाई बालकुमारी पुल नजिकैबाट पक्राउ गरिएको हो।
उनीहरूको साथबाट अमेरिकी एक थान पेस्तोल, चार राउण्ड गोली र २ थान म्याग्जिन बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनकारी दिए।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।