काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ।
खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घटनास्थल पुगेको छ।
शव कसको हो भन्ने पहिचान खुलेको छैन।
करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।