काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ।
गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको भनाइ छ।
बलि दिइएको राँगाको रगतले नुहाएका (पोडे) द्यला: पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ।