विस्तारित कलंकी-कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री चक्रपथ बनाउन रिङरोड नागरिक सरोकार समितिले माग गरेको छ।
सडक विस्तार गर्ने क्रममा विश्वव्यापी डिजाइन मापदण्ड अनुरूप सबैका लागि सहज र समान पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गरिनुपर्ने माग राख्दै समितिले आज नागरिक सरोकार यात्रा आयोजना गरेको हो।
महाराजगञ्ज नारायणगोपाल चोकबाट सुरू भएको र्यालीले शंखपार्कमा पुगेर चित्रकला, कविता वाचन, ह्विलचियर नृत्य लगायत कार्यक्रम गरेको थियो।
कलंकी-कोटेश्वर खण्डमा जस्तै गम्भीर कमीकमजोरी कलंकी-चाबहिल- कोटेश्वर चक्रपथ खण्ड विस्तारको क्रममा नदोहोरिन उनीहरूले माग गरेका छन्।
तस्बिरहरू:

















