काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ गरी २८५ छन्।
यसैगरी काठमाडौं उपत्यकामा २०७३ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ६१२ र भक्तपुरमा ५०२ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
५ हजार ७ जनाको पिसिआर परीक्षण र १५९५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२५२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ।