प्रहरीले शुक्रबार राति लागुऔषधसहित चार युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका-७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरूलाई औरही नगरपालिका-४ स्थित सडकबाट प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ। रासस