कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक जना ६४ वर्षीय वृद्ध पक्राउ परेका छन्।
कपिलवस्तु जिल्लाको बारगंगा नगरपालिका वडा नं. ३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी कात्तिक २० गते पक्राउ परेका हुन्।
आज भन्दा १२ वर्ष पहिले २०६६ साल वैशाख २७ गतेको दाङ जिल्ला अदालतले चौधरीलाई कतर्व्य ज्यान मुद्दामा २० वर्ष कैद सजाएको फैसला सुनाएको थियो।
त्यसयता फरार रहँदै आएका चौधरी कपिलवस्तुमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पक्राउ परेका चौधरीलाई सोमबार अदालत पेस गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताए।