ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
छ जना घाइते छन्।
गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।
बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।