तेह्रथुमको फेदाप गाउँपालिका-२ भित्री सडक खण्डमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्।
बिहान राति साढे १ बजे औंसीडाँडाबाट सदरमकुकाम म्याङलुङ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २७७० नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी छन्। सह-चालक २४ वर्षीय सुदीप राई घाइते छन्।
उनको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइहरेको प्रहरीले जनाएको छ।