सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ३ जुटपानी बस्ने २५ वर्षीय महेश चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
सोमबार बलेफी गाउँपालिका वडा नम्बर ७ खाँडीचौरस्थित श्री बाल शिक्षा माविको नयाँ भवनमा पिलरको ढलान गर्ने क्रममा बायो मोटर चलाउँदा एक्कासी करेन्ट सट भई चौधरीलाई लागेको थियो।
करेन्ट लागेर बेहोस भएका उनको उपचारको लागि स्थानीय संजीवनी मेडिकल खाँडीचौर लगिएको थियो। त्यहाँबाट सामान्य उपचार गरी धुलिखेल अस्पताल पठाउन रिफर गरिएको थियो।
धुलिखेलमा उपचार हुन नपाउँदै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।