काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार उपत्यकामा थप २२८ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
जसमध्ये काठमाडौंमा मात्रै १६२ जना, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन्।
अहिले काठमाडौं उपत्यकामा २०७३ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा १०१८ जना, भक्तपुरमा ५३८ र ललितपुरमा ५१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
योसँगै अहिले नेपालभर ९ हजार ३१८ जना सक्रिय कोरोना संक्रमित छन्।
सोमबार ४९० जना संक्रमणबाट निको भएका छन्। यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ४१६ जनाको मृत्यु भएको छ।