मुलुकका पहाडी भूभागमा शनिबारको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । शनिबार बिहान जारी गरेको विज्ञप्ति अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।
तर पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातकोसमेत सम्भावना रहेकोले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।