झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घटना भएको हो।
दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको मृत्यु भएको हो। उक्त मोटरसाइकल मे ६ प ५४१६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो।
दुर्घटनामा गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मा घाइते छन्।
उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।