सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र बिना बिलको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
धरान-२ बाट बिल भरपाई बिनाको सुन र नगदसहित बिहीबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान-१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीरूलाई २ सय ८५.३२० ग्राम सुन र १८ लाखसहित पक्राउ गरेको हो।
पक्राउ परेका दुबैमाथि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए।