सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३४ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा ९, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।
यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्। बझाङका २० र कैलाली र बैतडीका १/१ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।
बाढी र पहिरोकै कारण १७ जना घाइते छन्।
डोटीका ११, डडेल्धुराका २, बैतडीका २, बझाङ र बाजुराका १/१ जना घाइते भएका हुन्। घाइतेहरूको विभिन्न अस्पतालका उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, बझाङका २०, डोटीका १२, डडेल्धुराका ६ गरी ३९ वटा घरमा पूर्ण क्षति भएको प्रहरीको तथ्यांक छ।
साथै, ठूलो संख्यामा भौतिक संरचना, पशुपंक्षी, धानबाली, तरकारी खेतीमा क्षति पुगेको छ।