पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान स्याङ्जा फेदीखोला गाउँपालिका-२ स्थित भालुपहाडमा पहिरो खसेको हो।
बिहीबार बिहान ३ बजे वर्षासँगै राजमार्गमा पहिरो खसेको थियो। ढुंगासहितको पहिरो झर्दा राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।
पहिरो हटाउन स्थानीय निकाय, सडक विभागसँगको सहकार्यमा काम भृइरहेको उनले बताए।