कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० ढडिहवास्थित घोरही नालामा बगेर एक जनाको मृत्यु भएको छ।
सोही नालाले बगाउँदा एक जना बालिका बेपत्ता भएकी छन्। ५० वर्षीया महिलाको उद्धार समेत गरिएको छ।
स्थानीय दयाशंकर केवटका अनुसार खेतबाट घरतर्फ आउँदै गरेका तीन जना महिलामध्ये एक जनाको सकुशल उद्धार गरे पनि दुई जनालाई नालाले बगाएको हो।
नालाले बगाउँदै गर्दा ५० वर्षीया सियापतिया थारूको सकुशल उद्धार भएको हो। उनकै ३२ वर्षीया बुहारी सीता थारुको भने मृत्यु भएको हो।
त्यस्तै, सियापतियाकी १४ वर्षीय छोरी सृजना थारु बेपत्ता छन्। उनको खोजी भइरहेको छ।