पहिरोले राप्ती राजमार्ग अवरूद्ध भएको छ।
अविरल वर्षापछि राजमार्गका विभिन्न खण्डमा पहिरो झरेको छ।
दाङको तुलसीपुर हुँदै सल्यान कपुरकोटदेखि रुकुम सडकखण्ड अवरुद्ध भएपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्।
सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाका अनुसार कपुरकोट गाउँपालिका अन्तर्गतको अरीगाँंलेफेदी र बागचौर नगरपालिकाको जलेखर्चमा झरेको पहिरोले सडक अवरुद्ध भएको छ।
पहिरो हटाउने काम भइरहेको छ।
दाङको तुलसीपुर घोराही सडकखण्डमा पनि साना सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।
स्थानीय पत्रे लगायतका खहरे खोलाहरुमा बाढी आएका कारण मंगरबार बेलुकादेखि नै मोटरसाइकल, स्कुटी, जिप, कार सञ्चालनमा आउन नसकेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।