काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ३५४ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौंका २४३, ललितपुरका ८७ र भक्तपुरका २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा दुई हजार ५१९ सक्रिय संक्रमित छन्।
काठमाडौंमा एक हजार २८८, ललितपुरमा ६४८ र भक्तपुरमा ५८३ जना सक्रिय संक्रमित छन्।
यस्तै नेपालमा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
एक हजार ४ जना मंगलबार संक्रमणबाट निको भएका छन्। यसकै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म नेपालमा ११ हजार ३०५ संक्रमितको मृत्यु भएको छ।
अहिले नेपालमा ११ हजार ८१५ सक्रिय संक्रमित छन्।