हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ।
हात्ती धपाउन राखेको तारमा छुँदा भद्रपुरकी एक महिलाको मृत्यु भएको हो।
सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको हो।
करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।