नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले चंगा उडाएर दसैंको सुरूआत गरेका छन्।
उनले दसैंको सातौं दिन फूलपातीमा नेपालस्थित अमेरिकी दूतावासमा चंगा उडाएका हुन्। उनले सामाजिक सञ्जालमा तस्वीर राखेर दसैं मनाएको जानकारी दिएका छन्।
उनले आफ्ना साथीहरू र बच्चाहरूसँग मिलेर चंगा उडाएको देखिन्छ।
दसैं मनाउन उनले नेपाली तथा अमेरिकी सहकर्मीहरू र उनका बच्चाहरूलाई दूतावास पनि बोलाएको बताए।
'दसैं रमाइलो गरी मनाउन मैले नेपाली तथा अमेरिकी सहकर्मी र उनका बच्चाहरूलाई बोलाएँ,' उनले लेखेका छन्, 'एकदमै रमाइलो भयो।'
उनले सबैलाई दसैंको शुभकामना समेत दिएका छन्।