नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गर्ने फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्।
उनी मंगलबार दिउँसो ३ बजे कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ।
उक्त कार्यक्रममा विभिन्न खालका प्रस्तुति हुनेछन्। कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष यो कार्यक्रम रोकिएको थियो। सेनाले सानो कार्यक्रम गरी बढाइँ सकाएको थियो।
बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गर्नेछन्। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिने बताइएको छ।