हङकङ पठाउन लागेको लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्।
ललितपुरको मिनभवनबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले एक जनालाई पक्राउ गरेको हो।
उनीबाट अन्दाजी साढे दुईदेखि तीन किलो चरेस बरामद भएको प्रहरी स्रोतले जनाएको छ। सो चरेस कार्गोबाट हङकङ पठाउन लागेको खुलेको छ।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले यसबारे यकिन नभएको बताए।
यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।