रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठले बुधबार आठबिसकोट नगरपालिका-३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरामाथि एक समूहको आक्रमणमा गम्भीर घाइते भएको बताए।
डिएसपी श्रेष्ठले सवा पाँच बजेको समयमा बोहोरामाथि एक समहूले स्यालाखादीमा सांघातिक आक्रमण गरेको र अवस्था गम्भीर भएको बताए।
‘घाइतेको अवस्था गम्भीर छ,’ श्रेष्ठले भने, ‘घाइतेको उद्धारको लागि हेलिकप्टर मागिएको भए पनि आउन सकेन र अहिले घाइतेको स्यालाखादीमै उपचार भइरहेको छ।’
घटनास्थल विकट ठाउँमा रहेको हुँदा जिल्ला अस्पतालमा ल्याउन नसकिएको डिएसपी श्रेष्ठले बताए।
उनले बिहीबार बिहान हेलिकप्टर आएमा उद्धार गरी उपचारका लागि पठाइने जानकारी दिए। खु
कुरी प्रहारबाट बोहराको मुख, चिउँडो र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख श्रेष्ठले घटना कसले गराएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए।