बर्दिया प्रहरीले नेपालबाट भारत लैजाँदै गरेको २२ क्वीन्टल बढी केराउ बरामद गरेको छ।
एउटा गाडीबाट भारत लगिँदै गरेको केराउ मधुवन नगरपालिका-८ बाट प्रहरीले बरामद गरेको हो।
बुधबार इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको टोलीले गाडीसहित २२ क्वीन्टल ५० किलोग्राम केराउ बरामद गरेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
बरामद केराउ र गाडी कारबाहीको लागि राजापुर भन्सार कार्यालय बुझाइएको कार्कीले बताए।
नेपालमा केराउ तेस्रो देशबाट भन्सार छुटमा आउने गरेको छ। त्यही केराउ महंगो मूल्यमा भारतमा बिक्री हुने भएकाले व्यवसायीले लुकाईछिपाई निकासी गर्ने गरेका छन्।