कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरी विष्णुपुर गाउँपालिका-६ का ४० वर्षीय मनोजकुमार यादव छन्। प्रहरीले उनलाई सोही ठाउँमा फेला पारेर मंगलबार पक्राउ गरेको हो।
राजविराज नगरपालिका-८ का रामएकवाल सिंहको हत्या आरोपमा उनलाई सर्वोच्च अदालतले २०७४ साल पुस १७ गते जन्मकैद सजाय सुनाएको थियो।
सिंहको २०६५ साल वैशाख २ गते राति हत्या भएको थियो। फैसलायता फरार रहेका उनलाई अदालत बुझाइएकोमा कारागार चलान भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।