रसायनशास्त्र विद्यार्थी संगठन नेपाल सिसानको अध्यक्षमा आकाशचन्द्र घिमिरे चयन भएका छन्।
हालै भएको तेस्रो महाधिवेशनले घिमिरेको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको हो।
सिसानको उपाध्यक्षमा पूजा गौतम र अमृता न्यौपाने चयन भए भने सचिवमा मिनराज आचार्य र अनुपम पुलामी चयन भएका छन्।
यस्तै कोषाध्यक्ष प्रविन ओझा भएका छन्। रसायन शास्त्रमा स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीहरूले सिसान संस्था गठन गरेका थिए।
अध्यक्ष घिमिरेले संस्थाले रसायन शास्त्रसँग सम्बन्धित शैक्षिक, वैचारिक, रचनात्मक र व्यवहारिक विषयबस्तुलाई केन्द्रीय समितिले प्राथमिकतामा राखेर योजना र कार्यक्रम तर्जुमा गर्ने प्रतिवद्धता जनाएका छन्।