क्यानडामा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले ठगीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नम्बरका ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरू शुक्रबार पक्राउ परेका हुन्।
उनीहरूले एउटा फेसबुक पेजमार्फत् क्यानडामा जागिर खुलेको भन्दै विज्ञापन गरेका थिए। सम्पर्क गर्दा क्यानडामा फुड प्याकिङ गरेको मासिक दुई लाख २५ हजार रुपैयाँ तलब हुने जागिर पाइने जानकारी गराएको महाशाखाले जनाएको छ।
त्यसको लागि उनीहरूले प्रकृयाको लागि चार लाख खर्च लाग्ने भनेका थिए। तर पछि उनले तीन लाख रुपैयाँ पठाउन लगाएर ठगी गरेको भन्ने जाहेरी परेको थियो।
उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।