सप्तरीमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ।
शुक्रबार विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा महोम्मद आजादका तीन वर्षीय छोरा रहमद आलीको पानीमा डुबेर मृत्यु भएको हो।
वडा नम्बर पाँच कटिस्थित आफ्नै घर पछाडिको पोखरीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
डिलमा खेलिरहेको अवस्थामा लडेर बालक पानीमा खसेको उनले बताए। आफन्तले देखेपछि पोखरीबाट निकाले उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज पठाएको थियो।
अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको थियो।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।