तीन महिनादेखि ठमेलको एउटा होटलमा बसिरहेका जर्मन नागरिक मृत फेला परेका छन्।
बिहीबार बेलुका ४० वर्षीय डेभिड मिटज्याक्ट बिहान होटलको कोठामा मृत फेला परेका हुन्।
महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार बेलुका उनको कोठा नखुलेपछि होटलका साहुले प्रहरीलाई खबर गरेका थिए।
उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालले बताए।
उनकी नेपाली केटी साथीले फोन गर्दा उनको मोबाइल अफ भएको पाएपछि होटल पुगेकी थिइन्।
भिजिट भिसामा डेभिड करिब सात महिनाअघि नेपाल आएको बुझिएको छ। ती युवती र डेभिडको त्यसबेलादेखि चिनजान रहेको प्रहरीले बताएको छ।
‘शवको प्रकृति हेर्दा सुसाइड गरेको जस्तो देखिन्छ, तर के सेवन गरेको हो पोष्टमार्टम रिपोर्ट नआइकन भन्न सकिएन,’ दाहालले भने।