नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा एन्टिजेन्ट परीक्षण एक सय २० र पिसिआर परीक्षण नौ सय ७५ गरी कूल एक हजार ९५ जना संक्रमित पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार आठ सय १७ जनामा परीक्षण गरिएको थियो।
साथै सोमबार दुई हजार नौ सय ५७ जना निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ।