रसियमा हुने ५८ औं मिलिटरी बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली सेनाका ८ जना खेलाडी मस्को जाने भएका छन्। उनीहरू बुधबार त्यसतर्फ जाँदैछन्।
भदौ ३१ गतेदेखि असोज १० गतेसम्म हुने च्याम्पिनयनसिपमा भाग लिन जाने ८ जना खेलाडी र ७ जना अरु अधिकारीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले आज विदायी गरेका छन्।
रसिया जाने खेलाडीहरुमा चन्द्रकला थापा, पुनम रावल, बिमला श्रेष्ठ, मिनु गुरुङ, सुशिल थापा मगर, दानबहादुर दर्लामी, आशिस दवाडी र प्रेम चौधरी छन्।
उनीहरुलाई प्रधानसेनापति शर्माले शुभकामना समेत दिएका थिए। नेपाली सेनाले गत वर्षदेखि इन्टरनेशनल मिलिटरी स्पोर्टस काउन्सिलको सदस्यता लिएको थियो।
यस्ता प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको सहभागिताले खेलाडीहरुमा आत्मविश्वास बढ्ने तथा सैनिक कुटनीती थप मजबुत हुने विश्वास नेपाली सेनाले लिएको छ।