काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना भएको छ।
त्रिभुवन विश्व विद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएपछि लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो।
यो त्रिभुवन विश्व विद्यालय र लाइन्स क्लव अफ इन्टरनेशनलको संयुक्त परियोजना हो। सरकारले अब अनुमति दिइसकेपछि अन्य उपकरणका लागि झण्डै ८ करोड रुपैयाँ लाग्ने त्रिभुवन विश्वविद्यालय ब्लड बैंकका संस्थापक अध्यक्ष रुद्रहरी ज्ञवालीले जानकारी दिए।
यसैबिच सो ब्लड बैंकलाई १० लाख ५ हजार रुपैयाँ दिइ अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठ पहिलो आजिवन संरक्षक भएकी छिन।
लाइन्स क्लवले १ लाख सहयोग गर्नेलाई ब्लड एम्बेस्डर, ५ लाख सहयोग गर्नेलाई ब्राण्ड एम्बेस्डर, १० लाख दिनेलाई आजिवन संरक्षक, ५० लाख दिनेलाई विशेष संरक्षक, १ करोड दिनलाई मुख्य संरक्षक र सवा करोड भन्दामाथि दिनेलाई संस्थागत साझेदारीका रुपमा भित्र्याइने ज्ञवालीले बताए।
ज्ञवालीका अनुसार १६ महिना भित्रमा सो ब्लड बैंक पूर्ण संचालनमा आउने छ।
सो रगत दिनका लागि अस्पतालहरुसँग सम्झौता गरिने र सोही अनुसार ट्रयाकिङ गरिने उनले बताए।
'सेपरेट कम्पोनेन्ट' गरेर रगत वितरण गरिनेछ, 'ज्ञवालीले भने, 'अस्पतालहरुले रगत स्टकमा राख्न पाउँदैनन् र रगत खेर नआजोस भन्ने नै हाम्रो उद्देश्य हो।'