रुपन्देहीमा भारततर्फ निकासी गर्न लागेको ६ लाख मूल्य बराबरको सुपारी बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट सुपारी बरामद गरेको हो।
बिहीबार बिहान २० वटा बोरामा राखिएको उक्त सुपारी बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।
नेपालबाट अवैध रुपमा भारततर्फ कटिङ सुपारी चोरी निकासी हुन लागेको थाहा पाएपछि भुजौली नाकामा चेकजाँचको लागि गएको सशस्त्र प्रहरी टोलीले उक्त सुपारी बरामद गरेको थियो ।
एसपी उप्रेतीले करिब ६ लाख मूल्य बराबरको उक्त सुपारी बरामद गरि भैरहवा भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।
सुपारी कहाँबाट ल्याएको, ओसार–पसारमा को–को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको उप्रेतीले बताए ।