बैंकिङ कसूरको मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँ बस्ती बस्ने ४२ वर्षीय उमेश लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
ब्यूरोको टोलीले उनलाई बिहीबार नयाँ बस्तीबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।
उच्च अदालत पाटनले चेक बाउन्सको दुई वटा मुद्दामा सात दिन कैद र ११ लाख जरिवाना सुनाएको थियो। गत फागुन ११ गते र गत बैशाख ८ गते सो सजाय सुनाएको ब्यूरोले जनाएको छ।
उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।