प्रहरीले रुपन्देहीबाट तीन हजार किलो केराउ बरामद गरेको छ।
कोटहिमाई गाउँपालिका-५ दुई मुहानबाट प्रहरीले लु१ज ४५१८ नम्बरको पिकअप गाडीबाट बुधबार केराउ बरामद गरेको हो।
केराउसहित पक्राउ पर्नेमा मर्चबारी गाउँपालिका-१ का हरिशंकर यादव र रतन यादप छन्।
हरिशंकर मुख्य कारोबारी र रतन पिकअपका चालक रहेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
केराउ, गाडी र पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।