नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले बाग्लुङका ३२ वर्षीय युद्दबहादुर केसीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। उनलाई प्रहरीले सोमबार कुपन्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको हो।
उनले नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट फर्मेसी इन डिप्लोमेसी गरेको नक्कली प्रमाणपत्र बनाएको आरोप छ।
नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजात, लाइसेन्स, परीक्षा प्रवेश पत्र लगायत बनाउने गरेको प्रहरी उपरीक्षक महर्जनले बताए।
जिल्ला अदालत पाटनबाट सात दिन हिरासतमा राख्ने अनुमति लिई लिखत सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रहरीले अघि बढाएको छ।