चेक बाउन्स मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले नुवाकोट घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनलाई उच्च अदालत पाटनले गत असार २८ गते बैंकिङ कसुरमा सात दिन कैद र १३ लाख ५० हजार जरिवाना सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गराउन ब्युरोले सोमबार उनलाई बालाजु शेषमती पुलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए।
फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ।