पाँचथर मिक्लाजुङ गाउँपालिका-२ लक्ष्मीचौकमा ट्याक्टरले किच्दा सह-चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका २९ वर्षीय अविषेक आङदेम्बे रहेका छन्।
आइतबार दिउँसो लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै गरेको प्रदेश नम्बर १-०१-००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा अभिषेकलाई पछाडीको चक्काले किचेको थियो।
गम्भीर घाइते भएका उनको उपचारको लागि आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आइतहाङ आङदेम्बे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा छन्।